काठमाण्डौँ - भगवान् शिवकी पत्नी सति देवीको नामबाट लक्ष्मण सुवेदीले आफ्नो नयाँ फिल्मको नाम जुराएका छन् । यही माघ १० गते चलचित्र विकास बोर्डबाट उनले ‘सती देवी’ नाममा फिल्मको निर्माण इजाजत लिएका हुन् । सत्य युगमा दक्ष प्रजापतीकी छोरी सती देवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन् । सती शब्द शक्ति नामको अपभ्रंश रूप हो । शक्तिको अर्को नाम सती हो ।
फिल्ममा अभिनेत्री मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् । फागुन तेस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको पनि अभिनय रहनेछ । बाँकी कलाकार चाँडै छनोट गरिने निर्देशक सुवेदीले जानकारी दिए । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा फिल्म बन्न लागेको हो ।