images

यी चार प्रदेशमाअतिभारी वर्षाको सम्भावना

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। 
जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशकाथोरै स्थानहरूमा चट्याङ्गसहितहल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजदिउँसो देशभर साधरणतया देखि पूर्णतयाबदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमातथा कर्णालीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनीर सुदूरपश्चिमप्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज रातिदेशभर साधरणतया देखि पूर्णतयाबदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमाभारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार १९ असार २०८१ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया