images

बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजितगर्दै च्याम्पियन्स लिगमालगातार दोस्रो जितहासिल गरेको छ । लिस्बनमाभएको खेलमाब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडको बचाउलाई धरासायीबनायो । केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गर्दै बेन्फिकालाई महत्त्वपूर्ण जितदिलाए ।
खेलको १३ औं मिनेटमा एट्लेटिकोको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अक्तुरकोग्लुले फ्रेड्रिक और्सनेसको पासमा बेन्फिकालाई अग्रतादिलाए । पहिलो हाफको अन्त्यतिर भान्जेलिस पाभिलिडिसले गोल गर्ने ठूलो अवसर गुमाए । दोस्रो हाफको सुरुवातमा पाभिलिडिसमाथि कन्अर ग्यालाघरले फाउल गरेपछि बेन्फिकालाई पेनाल्टीको मौका मिल्यो, जसलाई अर्जेन्टिनी स्टार एन्जल डी मारियाले जन ओब्लाकलाई पराजितगर्दै २–० को अग्रतादिलाए । ७५ औंमिनेटमा बाहले जन–निक्लास बेस्टेको कर्नरमा हेडरमार्फत तेस्रो गोल थपे । खेलको अन्त्यतिर सब्स्टिच्युट ज्वेकीअम्दुनीमाथि रिनिल्डोले फाउल गरेपछि अर्को पेनाल्टीको मौका मिल्यो, जसलाई ओरकुन कोक्चुले शीर्ष कोरामाप्रहार गर्दै बेन्फिकालाई ४–० को शानदार जितदिलाए । यो जितपछि बेन्फिकाच्याम्पियन्स लिगको नयाँलिग चरणमा बोरुसिया डर्टमण्ड र ब्रेस्टसँगै अंकतालिकाको शीर्ष तीन स्थानमा छ । एट्लेटिको मड्रिड भने २३ औं स्थानमा रहेको छ ।एट्लेटिको मड्रिडले चार वर्षपछि पहिलो पटक च्याम्पियन्स लिग खेलमा चार गोल बेहोरेको हो । यो बेन्फिकाको घरेलु च्याम्पियन्स लिग खेलमा सबैभन्दा ठूलो जितमध्ये एक हो ।
 

बिहीबार १७ असोज २०८१ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया