सुनसरी । राष्ट्रिय सभाकाउपाध्यक्षविमला घिमिरेले कृषिउत्पादन बढाउने र आयातप्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् ।सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयातप्रतिस्थापन गर्नका लागि कृषिउत्पादन बढाउनुपर्नेमा जोड दिएकीहुन् ।उपाध्यक्ष घिमिरेले नेपालमा कृषिउत्पादन बढाउन सकिने ठुलो संभावनाभएपनिआयातमानिर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषिउत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भनिन् ।‘नेपालमा कृषिउत्पादन बढाउने संभावना छ तर उत्पादन बृद्धि र आयातप्रतिस्थापनप्रमुखचुनौतीको रुपमा देखिएको छ’, उनले भनिन् ‘खाद्यान्न, फलपूmल, दुध र मासु उत्पादन बढाउन सकेमा बैदेशिकब्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमाआयातप्रतिष्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइथियो ।प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीकाबिकास कार्यक्रमको अनुगमन गरेकीथिइन । साथै उनले अनुसन्धान केन्द्रले सिमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रनागर्दै समस्याहरु समाधानकालागि सरोकारवालानिकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनिजनाइन् ।अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानियतहकाजनप्रतिनिधीपनि सहभागीथिए । अनुसन्धान केन्द्रकाप्रादेशिकप्रमुखगोविन्दतिम्सिना र जुट बिकास कार्यलयकाप्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरुकाबारेमा जानकारी गराएकाथिए ।
प्रतिक्रिया