images

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

 काठमाडौं । काठमाडौंउपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षतिभइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा जिल्लामाआगलागीका कारण करोडौंको धनमालजलेर नष्टभएको तथ्यांक सार्वजनिकभएको छ ।
नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्चबिन्दु नाघ्ने गरेको छ ।पछिल्ला चार महिनामापाँचहजार बढी स्थानमा डढेलो र आगलागी घटनामा ७६ जना बढीले ज्यानगुमाएको तथ्यांक सार्वजनिकभएको थियो ।त्यस्तै १२ सय ९७ घर जलेको समाचार बाहिरिएको थियो ।
नेपालप्रहरी प्रधानकार्यालयप्रहरी महानिरीक्षककोसचिवालयकाअनुसार आइतबार दिउँसोसल्यान, शारदा नगरपालिका–१० मदनास्थित जुकेनाखोला खरबारीमालागेको आगो फैलिएर सिद्ध प्राथमिकविद्यालयमदना स्कुलमा समेतआगलागीहुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सल्यानजिल्लाकैकुमाखगाउँपालिका–५ झ्यामबारी गाउँस्थितकाफलगेडी सामुदायिकवनमाआइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ वटा घर र ४ वटा गोठपूर्णरूपमाजलेर नष्ट भएको छ । क्षतिको विवरण हालखुलेको छैन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टनहलमाविद्युत सर्ट भई आइतबार दिउँसो आगलागीहुँदाहलभित्र रहेको पर्दा, लाइट र टिन पूर्णरूपमाजलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, तेह्रथुम, फेदापगाउँपालिका–२ गम्बु चोक बस्ने ४२ वर्षीय बिशाल भण्डारीको कच्चीगोठमा आइतबार रातिलागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागीहुँदाघर र गोठ पूर्णरूपमाजलेर करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुली, कमलामाई नगरपालिका–६ गैरी बजार बस्ने प्रर्मिला देवी साहको घरमा रहेकोभोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएरातिआगलागीहुँदा स्टोर पूर्णरूपमाजलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरि सिरहा, नरहागाउँपालिका–२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्डभित्रराखिएको उखुको शिटी (भुषमा) आइतबार रातिआगलागीहुँदाकरिब २० लाख रूपैयाँबराबरको धनमालजलेर नष्ट भएको छ ।
त्यस्तै, सोमबार बिहानदाङ, राप्तीगाउँपालिका–१ पखापानीस्थितगंजबहादुर बिष्टको जिआर फर्निचरमाआगलागीहुँदा काठ चिर्ने मेसिनलगायतका सामानजलेर करिब ५० लाखरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीयबासिन्दातथादमकलको सहयोगमाआगलागी नियन्त्रणमा लिनुकासाथै यस सम्बन्धामाआवश्यक अनुसन्धान गरिरहेको छ ।
यद्यपी, लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशीप्रदेश क्षेत्रको केही ठाउँको डढेलो नियन्त्रणमा आएको छ । नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ। तर, पश्चिममालुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ।
 

सोमबार २४ बैशाख २०८१ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया