images

रोनाल्डोको कीर्तिमानीगोलमापोर्चुगलको विजयी सुरुवात

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानीगोलमापोर्चुगलले युइएफए नेसन्स लिगमाशानदार सुरुआत गरेको छ । बिहीबार रातिभएको युइएफए नेसन्स लिगको खेलमाकप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानीगोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१ को जितहासिलगर्दै उत्कृष्ट सुरुआत गरेको हो । रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो ।जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीनअंक जोडेको छ । खेलको प्रारम्भिक सातौं मिनेटमै, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआतीअग्रतादिलाएकाथिए । डालोटले बु्रनो फर्नाण्डेसको पासलाई गोलमा परिणत गर्दै अग्रतादिलाएकाहुन् । खेलको ३४औंमिनेटमा, कप्तान रोनाल्डोले ऐतिहासिक ९००औं गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो । मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे । यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसकीर्तिमानसँगै रोनाल्डोको नाममाअन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्ड समेत कायमभएको छ । खेलको ४१औं मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो । क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि, पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पु¥यायो ।
 

शुक्रबार​ २१ भदौ २०८१ ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया