नेपाली कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध टिकाटिप्पणी गरे कारवाही गर्ने चेतावनी दिएको छ ।
कांग्रेस जिल्ला कमिटी बाराको बैठकले सत्ता गठबन्धनका साझा उम्मेदवार यादव विरुद्ध गतिविधि गरे कारवाहीको चेतावनी दिएको हो ।
बारा जिल्ला सचिवद्वय राजेश रोनियार र भैयाराम यादवले संयुक्त विज्ञप्ति जारी गरेर उम्मेदवार यादवविरुद्ध सामाजिक सञ्चालन, फोन कल तथा सार्वजनिक अभिव्यक्ति दिए पार्टीको विधान अनुसार कारवाही गर्ने बताएका छन् ।
जसपा अध्यक्ष यादवलाई कांग्रेससहित माओवादी केन्द्र, लोसपा र नेकपा एसको साथ छ ।