images

हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

हेटौँडा। हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायतकार्य गरिएको छठ पूजा समारोह समितिजानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनकालागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ‘गतवर्षको भन्दा यो वर्ष झन्डै सय फिट लामो पन्डाल टाँगिएको छ, छठ पूजा समारोह समितिका संयोजक रविगुप्ताले भने,‘राप्तीखोला ठूलो भएकाले व्यवस्थित गर्न केही समय बढी लागेको छ, तर हामीतयारीको अन्तिम चरणमा पुगेका छौं ।’ तटमा टाँगिएको पन्डालमा ७ सयजनाभन्दा बढी व्रतालु अट्ने क्षमताको छ । व्रतालुहरु बिहीबार रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजागर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्याहजारौंको हुने गर्छ । गतवर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकहरुको दाबी छ । यो वर्ष गतवर्षको भन्दापनि बढी सहभागीहुने उनीहरुको अनुमान छ । तराईरमधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । समितिका संयोजकगुप्ताले भने, यो पर्वले सबै समुदायलाई समेट्दै अगाडि बढेको छ ।’ हेटौंडामा बर्सेनि छठपर्व मनाउनेको संख्या बढ्दै गएको छ । यहाँबसोबास गर्ने मधेसका हुन् वा पहाडका अधिकांश छठपर्वको दिन राप्तीतट पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्ने कयौं व्रतालुहरु पहाडीया छन् । छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय हेटौंडामा तराई तथा पहाडी दुवै समुदायले भक्तिभावले मनाउने गरेको सुशीलसिनोरियो बनियाँले बताए । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर पण्डालमुनि छठीमाईको पूजाआज गरेर बिहानउदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् । पण्डालमुनि ७ सयभन्दा बढी व्रतालु रातभर सूर्यदेवको आराधना र उपासना गर्नुका साथै छठीमाईको पूजा गर्छन् । हेटौंडाको बुद्धचोकदेखि राप्तीतटसम्म सडकको दायाँबायाँबत्तीबालेर झिलिमिलीबनाइएको छ । नियम निष्ठाका साथमनाइने गरिएको यस पर्वको पहिलो दिनआइतबार व्रतालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याजपनिनखाने, अरुवाअरुवाइनअर्थात् शुद्ध भोजन गर्छन् । यसलाई ‘नहायखाय’भनिने गरिएको हो । दोस्रो दिन सोमबार दिनभर उपवासमा बसेर बेलुकीको समयमानयाँ माटोको चुलोमा पूजाकालागिखीर पकाउने र सोहीखीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमावितरण गरी व्रतालुले आफू पनि प्रसादकै रुपमा ग्रहण गरेर व्रतलाई निरन्तरतादिने गरिन्छ । पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर र चौथो दिनउदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत् रुपमा सम्पन्नहुने गर्छ । यस पर्वको मुख्यविशेषतामाशक्तिरुपीमाता छठ र संसारलाई प्रकाशमानपार्ने सूर्यदेवको संयुक्त रुपमापूजा गरेर पर्व मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्तिपाइने जनविश्वास छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तानप्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास छ । महाभारतकाअनुसार द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदाउक्तगुप्ताबास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमाबास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनीभएको हो । सूर्य पुराणअनुसार सर्वप्रथमपत्नीअनुसुईयाले छठ व्रत गरेकीथिइन् । फलस्वरुपउनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआतभएको तथ्यउल्लेख छ ।
 

बिहीबार २२ कात्तिक २०८१ ०८:३३ AM मा प्रकाशित

प्रतिक्रिया