images

आइपीएलमा राजस्थान रोयल्समाथि दिल्ली क्यापिटल्स विजयी 

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अंक थप गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।
यता  राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थनमा रहेको छ । दिल्लीको जितपछि प्लेअफ समिकरण भने थप रोचक बनेको छ । शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सको १६ अंक रहेको छ भन राजस्थानको पनि समान १६ अंक रहेको छ ।
मंगलबार राति टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा राजस्थानको टोलीले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाएपछि २० रनको पराजय भोग्न पुग्यो । जीतपछि दिल्ली प्लेअफको दौडमा कायमै रहेको छ भने राजस्थानलाई प्लेअफ पक्का गर्न अझैं कुर्नु पर्ने छ ।
राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । जुन पावर प्लेको क्रममा नै गलत साबित भएको थियो । दिल्ली क्यापिटल्सका लागि इनिङ्स ओपन गर्न आएका जेक फ्रेजर–म्याकगुर्क र अभिषेक पोरेलले पहिलो विकेटका लागि ६० रन जोडे । यस क्रममा म्याकगुर्कले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे र उनी आईपीएलमा २० भन्दा कम बलमा सर्वाधिक अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बने । पाँचौं ओभरमा म्याकगुर्कको विकेट गुमेको थियो । उनलाई रविचन्द्रन आश्विन आउट गर्दै राजस्थानलाई राहत दिलाएका थिए । अर्को ओभरमा साई होप पनि एक रनमा रनआउट भए ।
त्यसपछि अभिषेक पोरेलले आक्रामक ब्याटिङ गरेपछि दिल्ली क्यापिटल्सले नवौं ओभरमा १०० रनको अंक बनाएको थियो । पोरेलले २८ बलमा अर्धशतक पूरा गरे पनि अक्षर पटेल (१५) र कप्तान ऋषभ पन्त (१५) सस्तैमा पभेलियन फर्किए ।  १३औं ओभरमा १४४ रनको स्कोरमा आउट हुनुअघि पोरेलले ३६ बलमा सात रह्यो । आइपीएलमा आज राति पौने ८ बजे सनराइजर्स हैदरावाद र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् ।

बुधबार २६ बैशाख २०८१ ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया