images

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दुई विकेट गुमायो 

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको छ 
नेपाल पनि रहेको समूह ‘डी’ को खेलमा दुवै टिम आज पहिलो जितको खोजिमा छन् । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने बंगलादेशले विश्वकपको पहिलो खेल खेल्दै छ ।
 डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो । खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए । यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन् । बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो ।
१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशको जारी खेलमा तीन ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६ रन बनाएर खेलिरहेको छ । 
 

शनिबार २५ जेठ २०८१ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया