काठमाडौं । दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषाअधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ । उनको सहयोगार्थ आइतबार कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो । ओखलढुङ्गाको साबिककुइभीरमा बस्दै आएकाकुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँआर्थिक सहयोग गरेको हो । समाजकाअध्यक्षशम्भु अधिकारीकाअनुसार इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा स्नातकोत्तर अध्ययनगर्दै आएकीअधिकारीको दुवै मिर्गौला फेल भएपछि तीनमहिना अघिदेखि टिचिङ हस्पिटल काठमाडौँमाउपचाररत रहेकी छन् । उपचार गर्न आर्थिक अभावभएर समस्या भएपछि समाजले आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग बापतको रकममिर्गौला पीडित अधिकारीकाबुबालीलाराजअधिकारीलाई हस्तान्तरण गरिएको थियो । सो क्रममाकश्यपगोत्रीयअधिकारी वंश प्रतिष्ठानका केन्द्रीयउपाध्यक्षशान्तिबहादुर अधिकारीले प्रतिष्ठानको केन्द्रीय समितिबाट समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडित अनुषाको मिर्गौला फेर्नका लागि २५ लाख बढी रकमखर्च हुने जनाइएको छ ।
प्रतिक्रिया