मुगु । हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षमा तीन हजार एक सय १३ मेट्रिकटन स्याउ उत्पादन भएको छ । सो मध्ये१ सय ३५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ ।
मुगुका चारवटै स्थानीय तहमा रहेको स्याउ पकेट क्षेत्र छाँयानाथ रारा नगरपालिकाकाबाम, रोवा, सोभा, घट्खोला, पिना, ताल्चा, कालापाल्त, लामाचौर, सोरु गाउँपालिकाकोसोरुकोट, कालै, बुम्च,खत्याड गाउँपालिकाको सेरी,जाम,खमाले,कवा,कोटीला तथा मुगमकार्मारोङगाउँपालिकाको चिमाथ,पापु,माग्री लगायतका स्थानमाचारसय ५५ हेक्टर क्षेत्रफलमा कृषकले स्याउ खेती गरेका थिए ।
जिल्ला भित्र उत्पादित स्याउ सरदर प्रतिकेजी ३५रुपैयाँका दरले विक्री वितरण भएको थियो । २०८०÷८१ मा स्याउ विक्रीबाट जिल्लामा ४७ लाख २५ हजार भित्रिएको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख तेजविक्रम मल्लले जानकारी दिए ।
‘गएको भदौ–असोज महिनामा मात्र स्याउ र स्याउका चाना विक्री गरेर दुई लाख ५० हजार बढी आम्दानी गरें ।मुख्य पेशा नै यही भएकाले जीविका यसैबाट चल्छ।अहिले स्याउ खरिदको लागि बगैँचामा नै व्यापारी आउने गरेका छन् । कर्णाली राजमार्गको नाग्मा गमगढीको सडक खण्ड नियमित सुचारु हुँदा रारा आउने पर्यटकले समेत बोटबाटै स्याउ किनेर लैजान्छन’ छाँयानाथ रारा नगरपालिका–५ ताल्चाका कृषक हरी बहादुर रोकायाले भने । (दान बहादुर बुढा–नेपाल न्यूज बैंक)
प्रतिक्रिया