images

पाकिस्तानमाथि भारतको ६ रनको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन 

काठमाडौं । आईसीसी टी–२० विश्वकपमापाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ । आइतबार राती न्युयोर्कमा भएको खेलमा भारतले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित निकालेसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ।  पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अब अन्य खेलका नतिजामा भर पर्नुपर्ने भएको छ । यदी भारतले बाँकी सबै खेल जितेको खण्डमा अमेरिका र आयरल्याण्डको खेलले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ।त्यसका लागि आयरल्याण्डसँग अमेरिका पराजित हुनुपर्ने छ । 
न्युयोर्कमा भएको टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।  एक ओभर बाँकी हुँदै अलआउट हुन पुगेको भारतले पाकिस्तानलाई १२० रनको सामान्य लक्ष्य दिएको थियो । 
सो लक्ष्यपछ्याउने क्रममा पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रनमै समेटियो । राम्रो सुरुआत गरेको पाकिस्तानले अन्तिम आठ ओभरको खेलमा राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो पक्षमा देखिएको खेल गुमाउन पुग्यो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यस्तै, इमाद वासिमले १५ रन, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए । 
भारतका लागि जस्प्रित बुम्राहले सर्वाधिक ३ लिए । यस्तै, हार्दिक पान्ड्याले २ विकेट, अर्सदीप सिंह र अक्षर पटेलले समान  १ –१ विकेट लिए । 
त्यसअघि भारतले १९ ओभरमा सबै  विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको पारि खेले । 
यस्तै, अक्षर पटेलले २०, कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान ३–३ विकेट लिदा मोहम्मद आमिरले २ र शाहिन शाह अफ्रिदीले १ विकेट लिए । 

सोमबार २७ जेठ २०८१ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया