images

१० अंकले घट्यो नेप्से, ४ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेर बन्द भएको हो । तीन उपसमूह डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।  दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएको हो । कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ भने ८ कम्पनीको सेयरमा कुनै परिवर्तन भएन । ३०५ कम्पनीको१ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा कारोबार भएको छ । कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रस्ट्रक्चरको १२ करोड, हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख र एनआइसी एसिया बैंकको ८ करोड ४२ लाखको कारोबार भएको छ । 
 

आइतबार​ २८ माघ २०८० ०४:३९ PM मा प्रकाशित

प्रतिक्रिया