विराटनगर - कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
बैठक भदौ १ गतेका लागि डाकिएको हो । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै १ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।