images

पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो 

काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपालआयलनिगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । 
निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेलतथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँमूल्य घटाउने निर्णय गरेको हो । नयाँमूल्यबुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रामूल्यप्रति लिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमाप्रति लिटर १७७ बाट १७० भएको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ । 


यस्तै डिजल र मट्टितेल काठमाडौं, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँभएको छ । सुर्खेत र दाङमाप्रति लिटर १५८ बाट  १५३तथाचारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१रुपैयाँ ५० पैसा भएको छ । 
इन्डियन आयलकर्पोरेसनले १५÷१५ दिनमा पठाउने मूल्यसूचीकाआधारमा नेपालआयलनिगमले मूल्य समायोजन गर्दै आएको छ । 
 

बिहीबार २ जेठ २०८१ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया