images

मेयर उपमेयर निलम्बनमा परेपछि गोदावरी नगरको कामप्रभावित

काठमाडौं । भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केहीकर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिककाम कारवाहीप्रभावितभएको छ । दैनिककामलिएर आउने सेवाग्राहीमर्कामा परेका छन् । 
नगर प्रमुख र उपप्रमुखदुवै नभएपछि कार्यवाहकतोकिएको छैन । सामान्य बैठकहरुको अगुवाइ ज्येष्ठ वडाध्यक्ष वडा नम्बर ११ का निलबहादुर देशारले गरिरहेका छन् ।
‘सामान्य वैठकहरुको अगुवाइ १३ वटा वडामध्ये ११ नम्बरका जेष्ठ सदस्य वडाध्यक्ष निलबहादुर देशारले गरिरहनुभएको छ । तर कार्यवाहकतोकिएको छैन । कार्यवाहकतोक्ने सवालमाकानुनी जटिलता भएकाले सम्बन्धितमन्त्रालयलाई पत्राचार गरिएको छ,’ नगरपालिकाका प्रेस संयोजक साइलालामाले भने ।
कार्यवाहकतोक्ने विषयमानिलम्बनलगत्तै कार्यपालिका बैठकले संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालय र निर्वाचनआयोगलाई रायमाग्नप्रशासकीयअधिकृतले पत्राचार गरिसक्नुभएको उनले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धानआयोगले मेयर गजेन्द्र महर्जन र उपमेयर मुनाअधिकारीसहित १४ जनाविरुद्ध खानीतथाखनिजजन्य वस्तुको बिक्रीबाट प्राप्तहुने राजस्वहिनामिना गरेको अभियोगमा जेठ २१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि मेयर र उपमेयर दुवै निलम्बनमा छन ।भ्रष्टाचारनिवारण ऐनको दफा ३३ ले उनीहरुनिलम्बनमा परेका हुन् ।
उनीहरु निलम्बनमा परेपछि नगरपालिकाको कामकारवाहीप्रभावित छ । नगरपालिकाकालेखालगायतका केहीशाखा समेत रिक्तभएका छन् । कार्यवाहकतोक्न मिल्ने वानमिल्ने भन्ने विषयमा स्पष्ट कानुनीव्यवस्थानभएकाले अन्योलता छाएको छ ।
‘नगरपालिकाकार्यालय सुनसान छ । अत्यावश्वककामलिएर आएकानगरबासीप्रभावित छन् । यस्तो संवेदनशीलविषयमा चाँडै टुंगोमा पुग्नुपर्ने हो, दैनिककामकारवाही रोक्न मिल्दैन,’ एक स्थानीयबासीले भने । 
 

आइतबार​ २ असार २०८१ १०:३२ PM मा प्रकाशित

प्रतिक्रिया