काठमाडौं । ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामाइन्धनअभावभएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावितभएको छ ।
सातबुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकआन्दोलितभएकाहुन। ढुवानी मजदुरहरूको तलबभत्ताश्रम ऐनअनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षाग्यारेन्टी गरिनुपर्नेलगायतकामाग नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।
जेठ ३२ गतेदेखि कालोपट्टीबाँधेर काम गरेको र सोमबारदेखि बागमतीप्रदेशमाइन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धननखन्याई विरोधप्रदर्शन गरिरहेको लामाले बताए ।’
‘निरन्तर आन्दोलनपछि आजउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयले वार्ताका लागिबोलाएको छ । माग पुरा गर्ने प्रतिवद्धता आएआन्दोलनकाकार्यक्रमहरु फिर्ता हुनसक्छन,’ अध्यक्षलामालेभने । चालकहरुलाई आज ११ः३० का लागिमन्त्रालयले वार्ताका लागिबोलाएको हो ।
श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमामात्रलागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सहीव्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनलगायतकामाग गरेका छन् ।ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाकाअधिकांशपम्पहरु बन्दभएका छन् ।
प्रतिक्रिया