images

पश्चिमीवायुको प्रभाव ः देशभर  तापक्रमक्रमशः घट्दो

काठमाडौं । हालदेशभर पश्चिमीवायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीयवायुको पनि केहीप्रभाव रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुनबाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशकाविभिन्नभागको तापक्रमक्रमशः घट्न थालेको छ । काठमाडौँउपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आजयहाँको अधिकतमतापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ । विभागकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केहीभागमाआंशिकदेखि साधारणतया बदली रहेको र बाँकीभागमा मौसम  सफा रहेको छ । विभागले आजबिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आजदिउँसो देशका पहाडी भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानतथाबाँकीप्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना छ ।
 

शुक्रबार​ २ कात्तिक २०८१ ०७:४९ AM मा प्रकाशित

प्रतिक्रिया