काठमाडौं । बेलायतमामुख्यालय रहेको सूचनाप्रविधि सम्बन्धी परामर्शदाताकम्पनी, जेनेस सलुशनले नाइजेरियामाआफ्नै कार्यालय खोलेको छ । नाइजेरियाको लेगोस शहरमा आयोजित एक कार्यक्रमलाई सम्बोधनगर्दै नाइजेरियाकालागि बेलायतको व्यवसायतथाव्यापार मन्त्रालयका राष्ट्रिय निर्देशकमार्क स्मिथसनले अफ्रिकामहादेशमापहिलो कार्यालय खोलेकोमा जेनेस सलुशनलाई बधाई दिए। ‘गतजुन२०२४ मा युकेको सूचनाप्रविधि क्षेत्र १० खर्ब डलर पुगेको मूल्यांकन गरिएको थियो। युकेमा १५० वटा ‘युनिकर्न’कम्पनीहरु छन्। नाइजेरियामातीव्र रुपमाविकास भैरहेको प्रविधि क्षेत्रमा जेनेस सलुशनको योगदानको हामी स्वागतगर्दछौं,’ उनले भने। जेनेस सलुशनकाप्रमुखकार्यकारी अधिकृत अञ्जनीफुयाँलले अफ्रिकाको सबैभन्दा ठूलो प्रविधिहबको रुपमा रहेको नाइजेरियामाव्यवसायविस्तार गर्न पाउँदाआफुहरु अत्यन्तै हर्षित भएको बताए। ‘संसारकै क्लाउड सेवाप्रदायकहरुले उदाउँदाबजारहरुमाआफ्नो सेवाविस्तार गरिरहेको बेलाहामीले पनिनाइजेरियामाआफ्नो प्रभावकारी उपस्थितिजनाउने निर्णय गरेका हौँ । नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्रनीतिले व्यापार व्यवसायतथालगानीभित्र्याउन सहज गरिदिएकाले पनिहामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं,’उनले भने। जेनेस सलुशननाइजेरियाले नाइजेरियाका सरकारी तथानिजीकम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने जनाएको छ। जेनेस सलुशनकामुख्यप्रविधितथा सूचना सुरक्षाअधिकृत निरन्जनकुँवरले अहिले सबैजसो कम्पनीहरुकालागि साइबर सुरक्षाको जोखिमउच्च रहेको बताए। उनले दीर्घकालिनव्यवसायिक सफलताकालागि साइबर सुरक्षाव्यवस्थापनमाध्यानदिन सुझावपनिदिए। बेलायतमामुख्यालय रहेको जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, अमेरिकालगायतकामुलुकहरुमाकार्यालय छन्। उक्तकम्पनीले नाइजेरियामाआफ्नो दशौँ कार्यालय खोलेको हो। बेलायतको व्यवसायतथाव्यापार मन्त्रालयद्वारा आयोजितकार्यक्रममानाइजेरियालीव्यवसायी, सूचनाप्रविधि क्षेत्रसंग आबद्ध उद्यमीतथा संचारकर्मीहरुको उपस्थितिथियो ।
प्रतिक्रिया