images

लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानहुने भएको छ । शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया प्रालिगएको रकम दुरुपयोगको अभियोग छ । शनिबार बिहनप्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो सिआईबीले लामिछानेलाई जिल्लाप्रहरी कार्यालय कास्कीको जिम्मालगाएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उनलाई जिल्लाप्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनीमाथिप्रहरीले सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्ने जानकारी दिएको छ । सङ्गठित अपराधको सोहीप्रकरणमा यस अघि नै पक्राउ परेका छविलाल जोशीसँगै लामिछानेको अनुसन्धानप्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । सङ्गठित अपराधको अनुसन्धान गर्न ६० दिनको अवधीपाइने कानुनीव्यवस्थारहेको छ । यद्धपी गतअसोज ६ गते पक्राउ परेका जोशीले २७दिनथुनामा बसिसकेको हुँदाउनीसँगै लामिछानेको अनुसन्धानपनि ३३ दिनमै सक्ने गरि प्रहरीले तयारी गरेको बताइएको छ । सहकारी रकमअपचलन सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विषेश समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । 
 

शनिबार ३ कात्तिक २०८१ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया