images

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५५, लोकल बन्दाको मुल्य ७०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ । यसैगरी च्याउ कन्य २००,च्याउ डल्ले ३००,भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ४० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ९० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ । त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ९०, घिरौला ८० रुपैयाँ र लोकल परवर ७५ रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३८० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।
 

मङ्गलबार ४ मंसिर २०८१ ०८:४४ AM मा प्रकाशित

प्रतिक्रिया