विकल बाल प्रतिभा पुरस्कार छनौट तथा वितरण समारोह सम्पन्न

काठमाडौं । २०८१ असोज ४ गते शुक्रबार अभिनव साहित्य समाजले २२ औ विकल बाल प्रतिभा पुरस्कार छनौट तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रसिद्ध साहित्यकार रमेश विकलज्यूको नाममा यस समाजद्वारा स्थापित पुरस्कार कोश(हाल २७००००÷००)  बाट प्राप्त व्याज र प्रवेश शुल्कको आधारमा मा.वि.स्तरीय आशु(स्थलगत) कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । जसमा बाल संसार मा.वि.का कृसप पौडेल प्रथम हुनुभएको छ । यसैगरी कान्ति भैरव गुरुकुलका पुसप खरेल, विद्या व्यायामका सविन सुनार, ग्रीन तथा चाइल्ड हेभेनका पारस ढौली र विद्या सागरबाट सञ्जु राई क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको लागि विजयी भएका छन् । उनीहरुलाई नगद रु ५०००÷,३०००÷२००० र १०००÷ नगद, प्रमाणपत्र र एक बालसाहित्यका पुस्तक प्रदान गरिएको छ । यसैगरी सहभागी सबैलाई प्रमाणपत्र र एकएकवटा बाल साहित्यका पुस्तक प्रदान गरिएको छ । प्रमुख अतिथि खोलाघरे साहिँलो, विशेष अतिथि विजय चालिसे, सभापति तथा समाजका उपाध्यक्ष विमल अर्याल, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिलगायतका पदाधिकारीहरुले पुरस्कारहरु प्रदान गर्नुभएको र समारोहलाई सम्बोधन गर्नुभएको थियो । शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुली, मेनका आचार्य र रञ्जु दाहालको निर्णायकत्व, बी.पी. इलामेको संयोजकत्व तथा स्वागत मन्तव्य, घनश्याम प्रसाई र नवराज पुडासैनीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको थियो । सहभागी विद्यालय र विद्यार्थीहरुमा सुनौलो भविष्यबाट लक्ष्मी तिमल्सिना र सुदिप गिरी, गोकर्णेश्वर महादेवबाट रुवी खड्का र सोनिया पौडेल, अलमाइटी आइडियल मोडलबाट कृजल सापकोटा, अरुणोदय मा.वि.बाट निखिल चौधरी र शिशिर धिताल, आइलेन्स स्कुलबाट दिव्या ढकाल र यस्मी श्रेष्ठ, रिम्स स्कुलबाट यनिशा बराइली र दिपदर्शन न्योपाने, नव अरुणिमाबाट स्नेहा राई र क्रिष्टोफर कार्की, लिम्पीया स्कुलबाट रिहान खड्का र सिहाना तामांग, कान्तिभैरव गुरुकुलबाट राज पराजुली, याम्वेसडर एकेडेमीबाट रियाशा रिमाल र पासांग डोल्कर शेर्पा, चामुण्डा मा.वि.बाट रोशनी चौलागाई र निमा डेन्डी शेर्पा, उत्तरवाहिनी स्कुलबाट समृद्धि श्रेष्ठ र आयुशा तिमल्सिना, विद्या व्यायामबाट युना श्रेष्ठ, सरस्वती मा.वि.बाट सुशान्त कोइराला र कुशल गौतम, जेनिसिकबाट सरिता तामांग, मनास्लुबाट प्रिन्सिका लामिछाने र युनिका दाहाल, त्रिकोण पब्लिक स्कुलबाट अनुजा पोखरेल र इष्टपोल मा.वि.बाट आरोही चौलागाई र प्रवेश बस्नेत रहनुभएको थियो । सहभागी विद्यालयहरु, शिक्षक शिक्षिकाहरु र अन्य सबै सहयोगी प्रति अभिनव साहित्य समाज हार्दिक आभार व्यक्त गर्दछ ।