images

दुई तिहाइजित्नमिसन ०८४ को लक्ष्यमा अघि बढौं ः चौधरी

इटहरी ।महिला, बालबालिकातथाज्येष्ठ नागरिकमन्त्रीभगवती चौधरीले अबको लक्ष्यमिसन २०८४ नै भएको बताएकी छन् । नेकपाएमालेका केन्द्रीय सदस्य समेत रहेकीमन्त्री चौधरीले नेकपाएमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधनगर्दै त्यस्तो बताएकीहुन् । 
सम्पूर्ण पार्टी पङ्क्तिमिसन ८४ मा केन्द्रितहुनुपर्ने भन्दै उनले भनिन्,‘राष्ट्रियताको मिसनबोक्दै, राष्ट्र बनाउने मिसनलिएर अगाडि बढेको पार्टी नेकपाएमाले हो । पार्टीलाई एक नम्बरको बनाउनकानिम्तिअबको हाम्रो यात्रामिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।’
पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापितहुँदै जाने भन्दै उनले विकासको सपनाबोक्ने पार्टी एमाले नै भएको दाबी गरिन । उनले विकासको मूल फुटाउनका निम्तिपनिएमालेले जित्नआवश्यक रहेको बताइन ।  ‘हामीनेकपाएमाले हौँ । हामी सबैको एउटै आँगनहो ।  हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनकालागि । विकासको मूल फुटाउनका लागिकम्तीमापनिदुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन्,‘एमालेले सरकारको नेतृत्व गर्ने अवस्थाआएमाजनताकाआशा अपेक्षा पुरा हुन सक्छन् । अब हामीकम्तीमा ५१ प्रतिशतजित्ने गरी स्थानीय, प्रदेश र संघमा जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ । हाम्रो भोलीको लक्ष्यदुई तिहाइहो । तर अहिलेदेखि नै हामीले बढीभन्दा बढी जित्नकालागि लाग्नुपर्छ ।’
पार्टीभित्र कसैलाई पनिनिषेध गर्नेगरी जाननहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताइन । एउटै आँगन , एउटै क्षेत्र , एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन  २०८४ लाई सहयोग गर्ने उनको विश्वास थियो । 
नेकपाएमाले इटहरी नगरका कार्यवाहकअध्यक्ष रूपेश बस्नेतको अध्यक्षतातथा नेकपाएमाले स्थायी कमिटी सदस्यतथा सुनसरी जिल्लाइन्चार्ज , कोशीप्रदेशकापूर्व 
 

शनिबार ८ असार २०८१ १०:४७ PM मा प्रकाशित

प्रतिक्रिया