images

हेटौंडा–टेकु रज्नुमार्गले पुर्नजीवन पाउँदै 

हेटौंडा । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग ९रोपवे० ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा–टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । बागमती सरकारले आइतबार सार्वजनिक गरेको ७६ बुँदे न्यूनमत साझा कार्यक्रममा संघीय सरकारसँग सहकार्य र समन्वय गरेर रोपवे सञ्चालनमा ल्याउने उल्लेख छ । चन्द्र शमशेरका पालामा निर्माण भएको रोपवे मकवानपुरको भैंसेस्थित सवस्टेशनमा समस्या आएपछि २०५६ सालदेखि बन्द भएको थियो। आफैं बन्द भएको भनिए पनि वास्तविकता अर्कै रहेको बताइन्छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको लगानी रहेको भारतीय गाडी कम्पनी टाटाको नेपाली विक्रेता सिप्रदी ट्रे डिङले गरेको सेटिङ अनुरुप रोपवे बन्द गरिएको थियो ।हेटौंडाबाट काठमाडौं दैनिक सयौ बोरा, सिमेन्ट, चिनी, नुन, चामल लगायतका सामान ढुवानी गर्न रोपवे उपयोगी थियो । सिप्रदीले टाटाको ट्रक बिक्री गर्ने योजना अनुरूप रोपवेमाथि षडयन्त्र भएको थियो ।सिप्रदीमा ज्ञानेन्द्र शाह समेतको लगानी भएका कारण रोपवे बन्द गर्ने योजना सफल भएको र त्यो बन्द भएपछि तत्कालीन समयमा टाटाका ३५ हजार ट्रक बिक्री भएको हेटौंडाका पुराना राजनितिज्ञहरूको भनाई छ । चन्द्र शमशेरले हेटौंडा–टेकु रज्जुमार्गअघि १९८३ मा धोर्सिङदेखि मातातीर्थसम्मको पहिलो रञ्जुमार्ग निमार्ण गर्न लगाएका थिए । सिप्रदीको षडयन्त्रमा परेको रोपवे तत्काल चल्न सक्ने अवस्था त छैन तर मुआब्जा दिन नपर्ने भएकोले नयाँ बनाउन सकिने अवस्था छ ।
 

सोमबार ७ असोज २०८१ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया