images

चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना,मुख्यतया देशभरको मौसम सफा रहने 

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावनासमेतरहेको विभागले उल्लेख गरेको छ।
बिहीबार रातीकोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात हुने र तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ । 
 

बिहीबार १३ बैशाख २०८१ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया