images

गायकलामाले आफ्नो २० प्रतिशतआम्दानी समाज सेवामाखर्चिने

काठमाडौँ । गायकविजयलामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमाल्याएका छन् । फाउण्डेसन संचालनमाल्याएर समाजसेवामालागेका गायकलामाले आफुले देश विदेशमाहुने सांगीतिककार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनकालागि छुट्याउने बताएका छन्। ‘नखानु पानीतोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोलापारी मेरो मामा’, ‘माया है बस्ला रसैले’लगायतका कैयौँ हिट गीतकागायकलामाले स्वर्गीय दिदी र भान्जाको नाममा फाउण्डेसन संचालनमाल्याएको बताए ।  विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर पीडित महिलाहरुको उपचारमा सहयोग गर्ने फाउन्डेसनले जनाएको छ । त्यस्तै देशभरका गरिब, दुःखी र बाबु आमानभएकाअसहायहरुकालागिपनिकामलामाले जानकारी दिए । त्यस्तै बृद्धा आश्रम र  बालआश्रममापनि सहयोग गर्नेछ भने फाउण्डेसनले लागू औषधतथादुब्र्यसनीमा फसेका युवायुवतीहरुको क्षेत्रमाउनीहरुलाई सामान्यजीवनमाफर्काउनकालागिभूमिका खेल्नेपनिजनाइएको छ । फाउण्डेसनले मन्दिर र भगवानकामूर्तिहरु, गुम्बा, स्तुपाहरू बनाउने तथाआर्थिक सहयोग जनाइएको छ । । त्यस्तै फाउण्डेसनले याङ्गजीन साङ्गे मेमोरियल पार्क गायकलामाकै गृह जिल्लाकाभ्रेमा निर्माणको तयारी गरेको छ । फाउण्डेसनगायकलामाको परिवार भित्रकाव्यक्तिहरुले संचालन गर्ने र लाग्ने खर्च सबै आफैंले बेहोर्ने छन् । संसाभर रहेका गायकलामाकाशुभचिन्तक र साथीभाई आफन्तबाट पनि सहयोग लिएर अघि बढ्ने उनको योजना छ । अहिले संसारभर रहेका उनकाशुभेच्छुकहरु फाउण्डेसनको सदस्यबन्ने क्रम जारी रहेको गायकलामा बताउँछन् । गायकलामा भन्छन्, ‘भान्जा र दिदीको नाममायाङ्गजीन साङ्गे फाउण्डेशनखोलेर म सामाजिककाममा जोडिएको हुँ ।’ ‘उनीहरुको आत्माको शान्तिको कामनाकालागि मैले अबकालागि समाजसेवामा धेरै काम गर्नेछु,’ उनले भने । गायकलामाकीमाईलीदिदीयाङ्गजीनलामाको क्यान्सरले निधनभएको केही समयमाउनले  भान्जा साङ्गे रेन्जिनलामालाई पनि हृदयघातबाट गुमाएसँगै  दिदी र भान्जाको सपनासँगभावनात्मकहिसाबले जोडिन पुगेपछि फाउण्डेसन संचालनमाल्याएकाहुन् । गायकलामाकादिदी र भान्जाको अमेरिकामानिधनभएको हो । लामा पछिल्ला दिनदेशविदेशमाहुने सांगीतिककार्यक्रमकाअलावाआफ्नो नियमितव्यबसायमापनिव्यस्त छन् । हालसम्म चारसय बढी गीतमा स्वर भरिसकेका गायकलामा अमेरिकाको लामो समयको भ्रमणपछी नयाँएल्बमबजारमा ल्याउने तयारीमा छन् । त्यसकालागिउनले गीत रेकर्डिङ गरिरहेको बताए ।
 

बिहीबार १३ बैशाख २०८१ ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया