काठमाडौं । नेकपामाओवादी केन्द्रले आजकाठमाडौंमा खबरदारी सभाआयोजनागर्दै छ । केपीशर्मा ओली सरकारको सय दिनअसफलर भ्रटारचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभागर्ने भएको हो । सभालाई रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टी नेताहरुको दाबी छ । बागमतीप्रदेश, उपत्यकाविशेष र सम्पर्क समन्वय समितिको संयुक्तआयोजनामाजनप्रदर्शनसहितखबरदारी सभाको तयारी पुरा भएको उपत्यकाविशेष समितिकाअध्यक्ष जगत सिंखडाले बताए । आजबिहान ११ बजे काठमाडौँमलमाजम्माहुन नेतातथाकार्यकर्ताहरू निर्देशनदिएको छ । त्यहाँबाट बाजा, झाँकीसहितब्यानरको नेतृत्वअध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ । सभामाकरिब २५ देखि ३० हजारसम्म सहभागीहुने आकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो ।
प्रतिक्रिया