images

टोकियोमा १४ औँ नेपाल फेस्टिवल २०२४ आयोजना हुने, तयारी तीब्र

टोकियो, जापान। जापानको राजधानी टोकियोमा हुने  १४ औं नेपाल फेस्टिवल २०२४ को तयारीलाई तिव्र पारिएको छ।

“नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन भन्ने मूल मान्यताका साथ आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका  टोकियोको नाकानो सिकिनोमोरी पार्कमा हुने १४ औं नेपाल फेस्टिवल २०२४ को तयारीलाई तिव्र पारिएको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिनु भयो।

गैरआवासीय नेपाली संघ (एनआरएनए ) राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटन प्रवर्द्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले १४ औं नेपाल फेस्टिवल गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक निउरेको भनाइ छ।

१४ औं नेपाल फेस्टिवल स्थलका भव्य रुपमा तयारी गरिरहेको जानकारी दिँदै फेस्टिवल मूल आयोजक समितिका उप संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षमा भन्दा यस वर्ष स्टलको सख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने भएको बताउनु भयो। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य भइरहेको प्रवक्ता खगराज गौतम जानकारी दिनु भयो।

‘यस पटकको नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने गरि स्टलको व्यवस्था गरि नियमित रुपमा डकुमेन्ट्री प्रदर्शन र फोटो प्रदर्शन गरिने छ ।’ एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले भन्नु भयो  नेपाल मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थल लगायत समेटिएको डकुमेन्ट्री र सोहि अनुसारका फोटो प्रदर्शन गरिने छ।

धार्मिक र सामाजिक सत्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस पटकको नेपाल फेस्टिवल गरिन लागेकोले जापानस्थित संघ संस्था, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई खुला हृदयका साथ आर्थिक सहयोग गर्नका लागि आर्थिक व्यवस्थापन उप समितिका संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले अनुरोध गर्नू भएको छ।
‘दीर्घकालीन महत्वको योजनासहित यस वर्षको नेपाल फेस्टिवल गरिन लागेकोले यस्तो सुवर्ण अवसरमा मुख्य गरेर जापानवासी व्यावसायी, सामाजिक व्यक्तित्व सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफूले सक्दो आर्थिक सहयोग गरेर पुण्यलाभ लिनका लागि विशेष अनुरोध गर्दछु। आर्थिक व्यवस्थापन उप समितिका संयोजक शर्मा गैरेले भने – जापानबासी नेपालीको लागि यस पटकको नेपाल फेस्टिवलमा सहयोग गरेको रकम विशेष भएकोले यस अभियानमा जोडिनका लागि अनुरोध गर्दछु।

नेपाल र नेपालीलाई बहुसांस्कृतिक देश जापानमा परिचय गराउन नियमित रुपमा फेस्टिवल आयोजना गर्दै आइरहेको जानकारी दिँदै
१४ औं नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले भन्नु भयो   नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने विश्वास हामीले लिएका छौं ।

मङ्गलबार ११ मंसिर २०८१ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया