images

विपद्मा संयमित र एकताबद्ध भई उद्धारमा जुट्न कार्यवाहकप्रधानमन्त्रीको आग्रह

काठमाडौं । कार्यवाहकप्रधानमन्त्रीप्रकाशमान सिंहले मनसुन सक्रियभएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवनप्रभावितभएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गरेका छन् । शनिबार विहानकार्यवाहकप्रधानमन्त्री सिंहले यस्तो आग्रह गरेका हुन्  । सरकारले विपद्को बेलामानागरिकको धनजनको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने पनिउनले बताएका छन् । केहीजिल्लामामानवीयक्षतिभएको सडक, पुलपुलेसा पनिभत्किएको भन्दै प्राकृतिकविपद्को यो विषम परिस्थितिमानागरिकको सेवामा सरकार तल्लीन रहेको सिंहको भनाई छ । उनले भने, ‘यात्राकाक्रममाअलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ। त्यसकालागि गृहमन्त्रालयको समन्वयमाआवश्यकप्रयास जारी छ । गृहमन्त्री, सुरक्षाअंगकाप्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीनकार्य सञ्चालन केन्द्र, विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरण लगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावितव्यक्तिएवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रूपमा परिचालन गरिएको छ ।’ यो विषम परिस्थितिमा  सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालितहुनपनिउनले आग्रह गरेका छन्  । उनले भने, ‘मौसमविद्हरूकाअनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्तभएकाले थपक्षति हुनबाट जोगिनकालागिअत्यावश्यककामबाहेक हिँडडुल नगर्न सबैमा अनुरोध गर्दछु।’
 

शनिबार १२ असोज २०८१ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया