काठमाडौं । काठमाडौंमहानगरपालिकाले लगातारको वर्षापछि विभिन्ननदीहरूमाआएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनकालागितीन सय नगर प्रहरी परिचालन गरेको छ । महानगरपालिकाले विपद्का कारण जोखिममा परेका स्थानीयको उद्धारका लागितीन सयजनानगर प्रहरीलाई १७ वटा टोलीबनाएर परिचालन गरेको हो । निरन्तर वर्षाका कारण काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोलीमाअधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको महानगर प्रमुखबालेन्द्र शाहको सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार नगर प्रहरीका टोलीहरू डुवान भएका बस्ती, नदीकिनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिमभएका ठाउँमा जनधनको क्षतिन्यूनीकरणका लागिप्रयत्न गरिरहेका छन् । सचिवालयले वंशीघाट, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधानभइरहेको जनाएको छ । जलजन्यविपद(डुबान, कटान, बाढी, पहिरो) को जोखिमभए काठमाडौँ महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाकाबारेमा जानकारी गराउनआग्रह गरेको छ ।
प्रतिक्रिया