images

‘ह्रस्व दीर्घ’ जापानको ओसाकामा प्रदर्शन हुने 

ओसाका, जापान । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ जापानको ओसाकामा प्रर्दशन हुने भएको छ । जापानका टोकियो ,नारिता, नागोया, फुकुओका,  कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका सहित ओसाकामा ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने भएको हो ।

ओसाकामा भने बेन्तेन्चो एफसीले प्रर्दशनको जिम्मा पाएको र यहि डिसेम्बर १ तारिकमा प्रर्दशन हुने बेन्तेन्चो एफसीका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो । नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो प्रंशंसा पाईरहेको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्नु भएको छ ।

फिल्ममा हरिहर अधिकारी, निता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ ।

बिहीबार १३ मंसिर २०८१ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया