images

मानव बेचबिखन गर्ने पक्राउ

काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पु¥याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार  रहेका थिए । 
पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलुकाममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पु¥याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो । मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

बिहीबार १७ फागुन २०८० ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया