images

मौसमपूर्वानुमान ः आज र भोलि यीप्रदेशमा वर्षाहुने अनुमान

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ। भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिकप्रभाव रहेको छ ।महाशाखाकाअनुसार अहिले कोशीप्रदेश लगायतबागमती र गण्डकी प्रदेशका पहाडी भूभागमाआंशिकदेखि साधरणतया बदली रहीबाँकीभूभागमाआंशिकबदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशीप्रदेशकाएकदुई स्थानमा चट्याङ्गसहितहल्का वर्षा भइरहेको छ ।माहाशाखाले बुधबार र बिहीबार मुलुककाविभिन्न स्थानमा वर्षा भएपनिअविरल वर्षाको सम्भावनानभएकाले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।आजदिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमाआंशिकदेखि साधरणतया बदली रहीबाँकीप्रदेशमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।कोशीप्रदेशका केही स्थानतथाबागमती र गण्डकी प्रदेशकाथोरै तथाबाँकीप्रदेशकाएकदुई स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र बागमतीप्रदेशकाएकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ।आज रातिकोशीप्रदेशका केही स्थानतथाबागमती र गण्डकी प्रदेशकाथोरै तथाबाँकीप्रदेशकाएकदुई स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशीप्रदेशकाएकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।महाशाखाकाअनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीप्रदेशमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस अवधिमाकोशीप्रदेशका केही स्थानतथाबागमती र गण्डकी प्रदेशकाथोरै तथाबाँकीप्रदेशकाएकदुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
 

बुधबार १६ असोज २०८१ १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया