images

आजविश्वपर्वत दिवस,विभिन्नकार्यक्रमको आयोजना गरी मनाईँदै 

काठमाडौं । आजविश्वपर्वत दिवस । हरेकवर्ष डिसेम्बर११तारिखकादिनविश्वपर्वत दिवसमनाउने गरिन्छ ।  यस वर्षको विश्वपर्वत दिवसको नारा ‘यगलतबष्ल कयगितष्यलक ायच ब कगकतबष्लबदभि ागतगचभ – ष्ललयखबतष्यल, बमबउतबतष्यल, थयगतज बलम दभथयलम’अर्थात् पर्वतहरु दिगो भविष्यकालागि समाधानहुन् – नवप्रवर्तन, अनुकूलन, युवा र त्यसपछिकाकदमहरू भन्ने अर्थ लाग्दछ । नेपालीको पहाडसँगवाहिमालसँगवापर्वतकाचुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मानपनि । पर्वतहरूको राजधानीभनेर पनिचिनिन्छ, नेपाल । त्यसैले पनिविश्वले विश्वपर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रालागिमहत्त्वपूर्ण छ । य हेर्दा सुन्दर देखिने मात्रहोइन, सूर्यको उदाउँदो वाअस्ताउँदो प्रकाशपर्दा मनमोहक देखिने मात्रहोइन, पर्वतहरूले हाम्रो जीवनसँगअन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकलबग्ने खोलाहरू हुन् या समुद्रबाटउडेको बादलगएर हिमालहरूमाठोक्किएर पर्ने पानीकिननहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अतिआवश्यक छ । नेपालभनेपछिआजपनिविश्वमाहिमालको देश भनेर चिनिन्छ । हुनपनिनेपालको कूलभूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनिहामीविविधतामाधनीछौँ, हिमालीउत्पादनकाविषयमाहामीले गर्व गर्न सक्ने थुप्रै विशेषताछन् । हिमालीजडीबुटीमाहामीविश्वमै धनीछौँ, विशेष छौँ । तर, यही समयमाहामीसँगचिन्ता र चुनौतीहरू पनिबढेका छन् । विश्वमाबदलिँदो जलवायुका असर सोझै हाम्राहिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारणहाम्राहिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएकाछन् । अनिहिमालीक्षेत्रमापाइने वन्यजन्तु तथावनस्पतिहरूको पनिलोप हुँदै गएको छ । पर्वत, हिमालमाभइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
 

बुधबार २६ मंसिर २०८१ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया