images

पहिरोले दुईवटा यात्रु सवार बस त्रिशूलीमा बगायो ः ६५ जना यात्रुको अवस्था अज्ञात

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । 
शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् । 
भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ । जसमा २४ जना यात्रु सवार थिए । 
त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए । 
अहिले प्रमुख जिल्ला अधिकारी यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ ।
 

शुक्रबार​ २८ असार २०८१ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया