images

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

काठमाडौं । वसन्तपुरमा आइतबारबिहानइन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामामनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमाइन्द्रध्वजाउत्थानगर्दै यस वर्षको इन्द्रजात्राआजदेखि शुरू भएको हो ।
हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमाइन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेकवर्ष भदौ शुक्लद्वादशीकादिनदेखि एक हप्तासम्ममनाइने येँयाभनिने इन्द्रजात्राआउँदो असोज ५ गतेसम्म चल्नेछ । यस्तै, असोज १ गते मंगलवार कुमारी रथ यात्राप्रारम्भ हुनेछ ।असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिवार नानिचायात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमाइन्द्रध्वज ढालेपछि जात्राकाकार्यक्रम सकिन्छन् । कुमारी इन्द्रजात्राको अवसरमा पर्सिअसोज १ गते काठमाडौंउपत्यकामा सार्वजनिकबिदा रहेको छ ।  आजैदेखि इन्द्रजात्रामाप्रदर्शन गरिने मजिपाःलाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवीनाच, महाकालीनाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिकमूर्ति, नाचलगायतकाधार्मिक गतिविधिहुने गर्दछन् ।
 

आइतबार​ ३० भदौ २०८१ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया