खुस्मा’ जापानको टोकीयोमा अक्टोवर २० तारिक आईतबार प्रदर्शन हुदैं

ओसाका जापान । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित नेपाली फिल्म ‘खुस्मा’  जापानमा पनि प्रदर्शन हुने भएको छ ।  जापानमा फिल्म वितरणको अधिकार खुर्पेटो प्रोडक्सनले किनेको म्यानेजिङ डाईरेक्टर अनुप काउछा भिमले जानकारी दिनु भयो । जापानका विभिन्न शहरहरु  प्रर्दशन गरिसकेको फिल्म गुन्मा केनमा अक्टोबर २० तारिकमा प्रर्दशनको मिति तय भएको फिल्मका वितरण व्यवस्थापक पूर्ण गर्बुजाले बताउनु भयो । टोकियो अक्टोबर २०  मा आईतबार प्रर्दशन गर्ने जानकारी दिनु भयो। 

 

लेखक एवं निर्देशक अशोक थापा मगरले बताए अनुसार फिल्मले जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई देखाउन खोजेको छ। फिल्मलाई एम मिडिया प्रालिले निर्माण गरेको हो । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्म दीपक बज्राचार्यको छायांकन रहेको छ । 

खुस्मामा’ अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा धिरज मगर उपासना सिंह ठकुरी,  माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय संयोजक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।