काठमाण्डौँ - कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।