images

प्रधानमन्त्रीलाई राजीनामादिएका आठ मन्त्रीको कार्यभार 

काठमाडौं । एमालेकामन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई आठवटा मन्त्रालयको भार थपिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदामन्त्रिपरिषद्का उपप्रधानमन्त्रीएवं भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरुले सम्हालेका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीदाहालले स्वयंले सम्हाल्ने गरी तोकेका छन् । 
राष्ट्रपति कार्यालयकीप्रवक्ता शैलजा रेग्मी भट्टराईले विहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीदाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई तीमन्त्रालयको कार्यभार तोकिएको जनाइएको छ । 
मौजुदामन्त्रिपरिषद्का कानुनन्यायतथा संसदीयमामिलामन्त्रीपदमगिरी, कृषितथापशुपक्षीविकासमन्त्रीज्वालाकुमारी साह, भूमिव्यवस्था सहकारी तथा गरिबीनिवारणमन्त्री बलरामअधिकारी, उद्योग वाणिज्य तथाआपूर्तिमन्त्रीदामोदर भण्डारी, महिलाबालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रीभगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्नप्रधानमन्त्रीदाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामादिएकाथिए ।
 

बिहीबार २० असार २०८१ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया