images

न्युजिल्यान्ड १४ वर्षपछि महिलाविश्वकपको फाइनलमा

काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमापुगेको छ। शारजाहमाभएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजितगर्दै फाइनलमा स्थान सुरक्षितगर्यो । वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राख्यो । जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदानदिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्याइन् । जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो। इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्तपारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामकपारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् । तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चितगर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डको सुरुवात ढिलो भयो। ४ ओभरको समाप्तिमा १६ रन मात्रबनाएको थियो । वेस्ट इन्डिजकी चिनेले हेन्क्रीले लगातार चार ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई २४ रनमा सीमित गरिन् । करिश्मा रामहराकले अनुभवी सुजी बेट्सलाई २६ रनमाक्लिनबोल्ड गर्दै पहिलो विकेट लिएपछि न्युजिल्याण्ड ४८र१ को स्थितिमा पुग्यो । प्लिमरले आक्रामकपारामाखेल्दै चिनेले हेन्क्रीमाथि छक्का प्रहार गरिन्, तर केही बेरपछि हेन्क्रीलाई चोट लागेर मैदान छोड्नुप¥यो । यसबाट न्युजिल्याण्डको लय बिग्रियो। अमेलिया केर अर्को बलमै आउट भइन् भने प्लिमर १३ औं ओभरको सुरुवातमा डोटिनको स्टम्पिङमा आउट हुँदै ६९÷३ को अवस्थामा न्युजिल्याण्डलाई छोडिन् । क्याप्टेन सोफी डिभाइन र ब्रुक हलिडेले १२ रनको साझेदारी गरे पनि डोटिनले फेरि न्युजिल्याण्डलाई दबाबमा राखिन् ।अन्तिम ३ ओभरमा न्युजिल्याण्डले ८ रनमा ४ विकेट गुमायो। अन्त्यमाइज्जीगेजÞले केही योगदानदिएर टिमलाई १२८÷९ को स्कोरमा पुर्याइन् । वेस्ट इन्डिजको जवाफमाक्याना जोसेफ र हेलीम्याथ्युजले धैर्यपूर्वक सुरुवात गरे। तर जोसेफलाई कार्सनले बोल्ड गरेपछि वेस्ट इन्डिजले २५÷२ को स्कोर बनाएर पावरप्ले समाप्तग¥यो । कार्सनले कप्तान स्टेफनी टेलरलाई आउट गरेर वेस्ट इन्डिजको आशाकमजोर बनाइन् । डोटिनले आक्रामकपारामा खेल्दै ३ ठूला छक्का प्रहार गरिन् तर केरले उनलाई २२ बलमा ३३ रनमै आउट गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्तभयो । अन्तिमओभरमा वेस्ट इन्डिजलाई १५ रन आवश्यकथियो तर सुजी बेट्सले आठ वर्षपछि विश्वकपमापहिलो ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई जिताइन् । 
 

शनिबार ३ कात्तिक २०८१ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया