काठमाडौं । रंग उत्पादनगर्नेकम्पनी एभरेष्टकलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्तापूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्तावपारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीकातर्फबाट संचालक समितिमाप्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ । अन्यकलर उधोगभन्दा पृथकढँगले, स्वदेशीयुवाहरुको लगानीमागुणस्तरीय एभरेष्टकलर उपभोग गरेर आयातप्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्टकलर कम्पनी स्थापनाभएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँचुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछिकम्पनीको चुक्तापुँजी २६ करोड रुपैयाँपुग्ने छ । साधारणसभाले सरोज लुईटेल, राजनलालश्रेष्ठ, महेश्वर खनाल, रोजीनाश्रेष्ठ र आत्मारामढुँगानालाई संस्थापक सेयरधनीकातर्फबाट संचालकमानिर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीकातर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचनअधिकृत अधिवक्तालीलानाथघिमिरेले प्रमाणपत्रहस्तान्तरण गरेका थिए । एभरेष्टकलर ५ महिनाअघिप्राइभेट लिमिटेड कम्पनीबाटपब्लिकलिमिटेडमा रुपान्तरणभएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रियकम्पनी सरह उच्चगुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपालीकम्पनीको रुपमा परिचित रहँदै आएको छ । स्वदेशीयुवाहरु सँगठीतभई सहकारी मोडलमा एभरेष्टकलर सुरु गरेका थिए । कम्पनीले नेपालीहावापानी सुहाउदो उच्चगुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डकाविभिन्नप्रकारका रंगहरु उपलब्ध गराइरहेको छ । कम्पनीले वाहिरी सतहको लागी १० वर्ष वारेन्टीभएको ब्रिलिएन्ट ड्याम्पप्रुफ, ७वर्ष वारेन्टीभएको एभरगार्ड प्रिमियमइमल्सन, एभरसाइनएक्स्टेरियर इमल्सन र र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहको लागी सफिर लग्जरी इन्टेरियर, डाइसीप्रिमियमइन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियनइन्टेरियर इमल्सन, रोयल एक्रेलिकवासेबल डिस्टेम्पर, बेल एक्रेलिकडिस्टेम्पर, प्राईमर तर्फ प्रिमियमएक्टेरियर, इन्टेरियर प्राइमर, काठतथाधातुमाप्रयोग हुने एभरल्याकहाइक्लास इनामेल, जुरेलीसिन्थेटिकइनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथात्यसमाप्रयोग हुने उडप्राइमर, मेटलप्राइमर रेड अस्साइड, लगायतकाआल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइडपाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्टच्वाइसलगायतऔधोगिकप्रयोजनको लागीप्रयोग हुने विभिन्नकलरहरु उत्पादनगर्दै आईरहेको छ । निकटभविष्यमा १२ वर्ष वारेन्टीभएको सुपर प्रिमियमएक्स्टेरियर इमल्सनबजारमा ल्याउने तयारी भईरहेको कम्पनीले जनाएको छ । अन्तराष्ट्रियगुणस्तर ब्यवस्थापनप्रमाणिकरणप्रमाणपत्रआइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्टकलरले कुशलब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरणप्रभावप्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षाआदिलाई मनन गरीे अन्तराष्ट्रिय स्तरको प्रविधितथाअत्याधुनिक मेसिनबाटउत्पादनतथाल्याव टेस्ट गरी नेपालीबजारमा रंगहरु वितरण गरिरहेको छ ।
प्रतिक्रिया