images

आजदेखि उपनिर्वाचन आचार संहिता लागू

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीयतह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहितालागू भएको छ । निर्वाचनआयोगले आइतबारदेखि उपनिर्वाचनहुने सम्बन्धितजिल्लाभित्र सार्वजनिकपदधारण गरेका व्यक्ति, निकायतथाअधिकारीलाई निर्वाचन सम्पन्ननभएसम्मआचारसंहितालागू गर्ने निर्णय गरेको आयोगका सहसचिवएवं प्रवक्तानीतापोखरेल अर्यालले जानकारी दिएकीहुन् । नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिकनिकाय र सोका पदाधिकारी, नेपाल सरकार वाप्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीयकार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीयतहकाकर्मचारी, सुरक्षानिकाय, सुरक्षाकर्मी तथाकर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहितालाग्नेआयोगले जनाएको छ । आयोगकाअनुसार राजनीतिक दल तथा राजनीतिकदलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धितव्यक्ति, राजनीतिक दल तथाउम्मेदवारको मतदानप्रतिनिधितथामतगणनाप्रतिनिधि, सार्वजनिकपदधारण गरेको व्यक्ति, अनुगमन समितिकापदाधिकारी तथाअनुगमनकर्ता, पर्यवेक्षण संस्थातथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजीतथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथाकर्मचारी र विद्यालय, महाविद्यालयवाविश्वविद्यालय, सोका शिक्षकतथाकर्मचारीको हकमापनिआचारसंहितालागू हुने छ । यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वाअर्धसरकारी निकायबाट सञ्चालित परियोजनातथा परियोजनाकाकर्मचारी, मतदाताशिक्षाकार्यक्रम सञ्चालन गर्ने संस्थातथा सो संस्थाकाकर्मचारी, निजी क्षेत्रका बैंक तथावित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथाऔद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथाकामदार, वस्तु वा सेवाप्रदायकव्यावसायिक संस्थाकापदाधिकारी, कर्मचारी तथाकामदार र आयोगले तोकेका अन्यनिकायवाव्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ । आचारसंहितालागू भएको जिल्लाकानिर्वाचनहुने स्थानीयतहबाहेक अन्य क्षेत्रमानिर्वाचनआचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचनआयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ । आचारसंहिताविपरीतकाकार्य भए÷गरेको पाइएमावाहुनसक्ने पर्याप्तआधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीयमाध्यमवाअन्यकुनै तरिकाले उजुरी दिनपनिआयोगले आग्रह गरेको छ । आचारसंहिताउल्लङ्घनभएको पाइए कारबाहीहुनेछ ।
 

आइतबार​ २ मंसिर २०८१ ०९:०७ AM मा प्रकाशित

प्रतिक्रिया